News Portal

  • काँकरभिट्टामा १ नम्बर प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिता शुरु

    रातोपोस्ट संवाददाता
    ४१२ पटक

    झापा, पुस २३ । १ नम्बर प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिताको दोस्रो संस्करण खेल आज झापाको मेचीनगरमा शुरु भएको छ । प्रतियोगिताको १ नम्बर प्रदेशसभा सदस्य श्रीप्रसाद मैनालीले प्रतियोगिताको उद्घाटन गरेका हुन। मेचीनगर–६ स्थित मेची सामुदायिक भवनमा आजबाट सुरु भएको प्रतियोगिता आयोजक मेची ब्याडमिन्टन क्लब काँकरभिट्टाको रहेको छ भने प्रतियोगिता पुस २५ गते सम्म हुने आयोजकले जनाएको छ ।

    प्रतियोगितामा मेन्स डबल्स र भेट्रान डबल्स इभेन्टहरु सञ्चालन हुने छन् । प्रतियोगितामा प्रदेश १ को ताप्लेजुङ बाहेक सवै जिल्लाबाट १ सय १६ जना खेलाडीले सभागिता रहेका छन् । करीब ७ लाख ५० हजार रकम खर्च हुने अनुमान गरिएको प्रतियोगिताको मेन्स डबल्स तर्फको पहिलो नगद पुरस्कार मेची नेत्रालय आँखा अस्पताल काँकरभिट्टाले प्रायोजन गरेको छ। प्रतियोगितामा मेन्स डबल्स तर्फको बिजेता टिमले नगद ५० हजार, दोस्रोले ३१ हजार र तेस्रोले २० हजार तथा ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गर्ने छन् ।

    त्यस्तै भेट्रान तर्फको बिजेता टिमले नगद २५ हजार, दोस्रोले १५ हजार र तेस्रोले १० हजार तथा ट्रफि, मेडल र प्रमाण पत्र हात पार्नेछन् । उद्घाटनका दिन आज ४३ वटा खेल सम्पन्न भएको आयोजकले जानकारी दिएको छ । उद्घाटन सत्रमा प्रमुख अतिथि १ नम्बर प्रदेशसभा सदस्य श्रीप्रसाद मैनाली, मेचीनगर नगरपालिका प्रमुख विमल आचार्य, नेपाल बहुउद्घेश्यीय सहकारी संस्थाका अध्यक्ष रामचन्द्र उप्रेती लगायतले मन्तव्य राखेका थिए ।

    कार्यक्रममा मेचीनगर–६ का वडा अध्यक्ष ललित तामाङ, वडा सदस्य राजकुमार श्रेष्ठ, नेकपाका नेता डिल्लीराम घिमिरे, नेपाली कांग्रेस मेचीनगरका सभापती ईन्द्रबहादुर बुढाथोकी, राप्रपा मेचीनगरका अध्यक्ष शुशिल आचार्य, काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरका अध्यक्ष मिन बस्नेतलगायतको आतिथ्यता रहेको थियो । खेल संयोजक हरिप्रसाद तिम्सिनाको सभापतित्वमा भएको उद्घाटन सत्रको सञ्चालन आयोजक क्लबका सदस्य ओमप्रकाश दाहालकाे रहेकाे थियो ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)