News Portal

मन्दिरमा पूजा गर्न गएकी ५० वर्षीय महिलाको सामुहिक बलात्कारपछि वीभत्स हत्या

रातोपोस्ट
५९१ पटक

काठमाडौं, २४ पुस । भारतको उत्तर प्रदेशअन्तर्गत बदायुन जिल्लास्थित मन्दिरमा एक महिलालाई सामूहिक बलात्कारपछि हत्याका मुख्य अभियुक्त पुजारी सत्यनारायणलाई प्रहरीले पक्राउ गरेको छ।

प्रहरीका अनुसार अभियुक्त पुजारीलाई मेवली गाउँस्थित एक भक्तजनको घरमा लुकेर बसेको अवस्थामा पक्राउ गरिएको हो। गाउँलेले पुजारीलाई समातेर प्रहरीलाई खबर गरेका थिए। ती पुजारीबारे खबर गर्नेलाई ५० हजार भारतीय रुपैयाँ पुरस्कार दिने प्रहरीले घाेषणा गरेकाे थियाे।

बदायुन जिल्लाको उघैती क्षेत्रमा ५० वर्षीया महिलालाई सामूहिक बलात्कारपछि मारिएको थियो। भारतीय सञ्चारमाध्यमका अनुसार ती महिला गत आइतबार साँझ मन्दिरमा पूजा गर्न गएका बेला यो घटना भएको थियो। बलात्कार/हत्यामा संलग्न आरोपमा प्रहरीले यसअघि पुजारीका २ साथीलाई पक्राउ गरिसकेको छ। बीबीसी हिन्दी

प्रतिकृया दिनुहोस्

Our Team

अध्यक्ष : गणेश बहादुर मगर
सम्पादक : दिलिप थापा
संवाददाता: सुबराज लामिछाने
मल्टीमिडिया : एकराज प्रधान
व्यवस्थापक : अप्सना बेगम
सल्लाहकार : घनश्याम गाैतम
कानुनी सल्लाहकार : मानबहादुर खत्री
सम्पर्क नम्बर (९८५२६२१३००)