News Portal

प्रदेश १ का विजेता खेलाडीलाई अरुणोदयको सम्मान

रातोपोस्ट संवाददाता
१३९१ पटक

मेचीनगर, पुस २४ । दाङ्गको लमहीमा आयोजना भएको प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगिताको विजेता टिम प्रदेश नम्बर १ का खेलाडीलाई अरुणोदय माविले सम्मान गरेको छ । आईतबार भएको फाईनल खेलमा विभागीय टिम एपीएफलाई ६ रनले पराजित गर्दै प्रदेश १ ले उपाधि उचालेको थियो ।

मेचीनगर–६ स्थित अरुणोदय मावि काकाँरभिट्टाले विजेता टिम प्रदेश नम्बर १ का महिला क्रिकेट खेलाडी कोचलगायतलाई नगदसहित खदा ओढाएर सम्मान–पत्रसहित सम्मान गरेको छ । कार्यक्रममा प्रमुख अतिथि सुभद्रा अर्याल, प्रेस क्लब मेचीनगर अध्यक्ष लक्ष्मी उप्रेती, सञ्चारकर्मी ज्ञानेन्द्र निरौला, प्रशिक्षक बिरु श्रेष्ठलगायते शुभकामना मन्तव्य राखेका थिए ।

मेचीनगर क्षेत्रमा पढाईसंगै खेलकुदलाई पनि उच्च प्राथमिकतामा राख्दै अगाडी बढेको विद्यालयले अघि पनि विभिन्न विधामा विजेता खेलाडीहरुलाई सम्मान गर्दै आएको विद्यालयका निर्देशक रिता थापाले बताईन् । विद्याथीहरुलाई पढाईसंगै अतिरिक्त क्रियाकलापमा पनि हौसला मिलोस भनेर थोरै भएपनि नगद सहित सम्मान गरेको अरुणोदय मावि व्यवस्थापन समितिका अध्यक्ष भगिरथ राईले बताए ।

विद्यालयले सम्मान गरे पश्चात थप खुशि हुदै प्रशिक्षक बिरु श्रेष्ठले आफुमा थप जिम्मेवारी थपिएको बताए । उनिले भने हाम्रो यस सफलतामा खेलाडीको अथकम प्रयासका साथै विद्यालय परिवार, टिम व्यवस्थापनको पनि ठुलो भूमिका रहेको भन्दै आगामी दिनमा अझ लगनशिल भएर खेल क्षेत्रमा लाग्ने बताए ।

विद्यालय परिसरमा आज आयोजना भएको सम्मान कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भगिरथ राईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत तथा कार्यक्रम माथी प्रकाश प्रिन्सिपल दुर्गा लुईटेलले गरेका थिए भने सञ्चालन सिएन गौतमले गरेका थिए ।

प्रतिकृया दिनुहोस्