
दोलखा, २४ पुस । गृहमन्त्री राम बहादुर थापाले नेकपा भित्र केही अबसरवादी नेताहरुले सरकारलाई अपध्वस्त गर्न षड्यन्त्र गरेको कारण संसद विघटन गरेको बताएका छन् । प्रतिक्रान्तिलाई प्रतिनिधिसभा विघटनले तत्काल रोकेको गृहमन्त्री थापाले दाबी गरेका छन् ।
‘अब देशमा मध्यावधि निर्वाचन हुने छ, हामी समाजवादको नारा लिएर, सम्वृद्धी, गणतन्त्र, स्थायित्व, एकता र भौगोलिक अखण्डताको नारा लिएर जनता बिचमा भोट माग्न जान्छौं’, गृहमन्त्री थापाले नेकताका अगुवा कार्यकर्ताबिच बिश्वास दिलाए । नेकपा बाग्मती प्रदेशका सचिव कम्युनिष्ट पार्टीका नेता आन्दप्रसाद पोखरेलले नेपाली भुमिको रक्षा गर्ने नायक खड्ग प्रसाद ओलीका बिरुद्ध भारतीय दलालहरुले सुरुदेखि उनको नेतृत्वको बिरोध गरेकाले अब नयाँ जनादेशको लागि सरकार अधि बढ्न प्रतिनिधिसभा बिघटन गरेको प्रष्ट पारे ।
नेकपा दोलखाका अध्यक्ष ईश्वर चन्द्र पोखरेलको सभापतित्वमा भएको अगुवा कार्यकर्ता भेलालाई विघटित प्रतिनिधिसभाकी सभासद शान्ति पाख्रिन, कृष्ण भुजेल, भरतकेसी, नरबहादुर श्रेष्ठ, भरत दुलाललगायतका नेताहरुले सम्बोधन गरेका थिए । करिब एक हजार जना अगुवा कार्यकर्ताको सहभागिता रहेको थियो । नेकपाका युवा नेताहरु बिदुर शर्मा, महाराज गुरुङ, लक्ष्मण गुभाजु, धिरज सुवेदी, शक्ति पाठक, राजकुमार ढुङगेलको नेतृत्वमा बिशाल ¥याली सदरमुकाम चरिकोट निकालिएको थियो ।