News Portal

झापामा ब्राउन सुगरसहित २ जना पक्राउ

रातोपोस्ट संवाददाता
७६६ पटक

झापा, २५ पुस । प्रहरीले २६ ग्राम १० मिलिग्राम ब्राउन सुगरसहित झापा भद्रपुर नगरपालिका–१० बाट २ जनालाई शुक्रवार पक्राउ गरेको छ ।

लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले शुक्रवार साँझ २ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा मेचीनगर नगरपालिका–१५ का ३८ बर्षीय सुनला राजवंशी र ३२ बर्षीय उत्तम राजवंशी छन् ।

पक्राउ परेका दुबै जनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ ।

प्रतिकृया दिनुहोस्