News Portal

वार्षिकोत्सबका अवसरमा वेल-फेयर फण्डद्वारा रक्तदान

प्रवीण अधिकारी
१०७२ पटक

झापा, २५ पुस। ओम साइ पाथिभरा हस्पिटल भद्रपुरमा कार्यरत कर्मचारीहरूकाे हकहितका लागि गठन भएको ओम साइ पाथीभरा हस्पिटल वेल-फेयर फन्डले आज आफ्नो दोश्रो वार्षिकोत्सबकाे अवसरमा अस्पताल परिसरभित्र रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

कोभिड -१९ को महामारीको समयमा रक्तदान अति आवस्यक देखिएकोले नेपाल रेडक्रस सोसाइटी भद्रपुरको प्राविधिक सहयोगमा सम्पन्न रक्तदान कार्यक्रममा अस्पतालका निर्देशक बालकुमार पोख्रेल लगायत ५२ जनाले रक्तदान गरेका छन् ।

दुई वर्ष अगाडि बिनय उप्रेतिको अध्यक्षतामा अस्पतालमै कार्यरत कर्मचारीहरुको हित तथा उपचार सगयोग सेवाको लागि स्थापित सो संस्थामा हाल ओम साइ पाथिभरा हस्पिटल भद्रपुरमा कार्यरत चिकित्सक सहित जम्मा १७६ जना कर्मचारी सदस्य रहेको अस्पतालका प्रशासन प्रमुख मनोज दाहालले जानकारी दिए।
उक्त कार्यक्रममा वेल-फेयर फण्डकाे तर्फबाट हस्पिटललाई ९ थान डस्टविन समेत सहयोग गरिएको वेल-फेयर फन्डका सदस्य शिव सुन्दर यादवले बताए।

प्रतिकृया दिनुहोस्