News Portal

विवेचनाका सह सम्पादक तिम्सिना सम्मानित

रातोपोस्ट संवाददाता
५१९ पटक

झापा, पुस २६ । विवेचनाका सह सम्पादक तीर्थ तिम्सिना बुधवारे जेसीजद्वारा सम्मानित भएका छन् । आठौँ पद हस्तान्तरण समारोहका अवसरमा सह सम्पादक तिम्सिनालाई जेसीजले आज सम्मान गरेको हो ।
युवा पुस्ताका मेहनती पत्रकार तिम्सिनालाई वर्ष उत्कृष्ट पत्रकारका रूपमा सम्मान गरिएको बुधवारे जेसीजले जनाएको छ । जेसीज गतिविधिसँगै समाज रुपान्तरणमा महत्वपूर्ण भूमिका निर्वाह गरेकाले तिम्सिनालाई सम्मान गरिएको हो ।

पत्रकार तिम्सिनालाई बुद्धशान्ति गाउँपालिकाका अध्यक्ष रमेशकुमार भुजेलले दोसल्ला ओढाएर प्रशंसापत्रसहित सम्मान गरेका छन् ।

प्रतिकृया दिनुहोस्