News Portal

प्रधानमन्त्री ओलीका विरूद्द झापामा बयलगाडा प्रदर्शन

प्रवीण अधिकारी
१००९ पटक

झापा,२६ पुष। प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेको विरोधमा उनकै गृहजिल्ला झापामा युवा संगठन र अनेरास्ववियुले बयलगाडासहितकाे र्‍याली निकालेको छ। नेकपाको प्रचण्ड–माधव समूह निकट युवा संगठन र विद्यार्थी संगठन अनेरास्ववियुले संयुक्त रूपमा आज आइतबार बयलगाडासहित विरोध प्रदर्शन गरेको हो।

बयलगाडा चढेर अमेरिका पुगिँदैन भन्ने प्रधानमन्त्री केपी शर्मा ओलीकाे तत्कालीन अभिव्यक्तिप्रति व्यङ्ग्य गर्दै बयलगाडा सहितकाे र्‍याली निकालिएकाे विद्यार्थी संगठनले जनाएकाे छ। पुरानाे भद्रपुर राेडबाट शुरू भएकाे उक्त विराेध प्रदर्शन मुक्ति चाैक ,भद्रपुर राेड, अदुवा खाेला हुँदै बजार परिक्रमा गरेर पुनः पुरानाे भद्रपुर राेडमा आइपुगेर समाप्त भएकाे थियाे।

उक्त कार्यक्रममा युवा संगठनका जिल्ला इन्चार्ज कुमार आचार्य, अनेरास्ववियुका केन्द्रिय सदस्य खगेन्द्र शुवेदी, अनेरास्ववियुका केन्द्रिय सदस्य मदन भट्टराइ्, अनेरास्ववियुका जिल्ला संयाेजक अनिल शुवेदी, अनेरास्ववियुका सह-संयाेजक दुर्गा धमला, युवा संगठनका सह-संयाेजक दधिराम रिमाललगायत  उपस्थिति रहेकाे थियाे ।

प्रतिकृया दिनुहोस्