News Portal

सञ्जीवनी महिला विकास संस्थाको अध्यक्षमा रेणुका डाँगी चयन

रातोपोस्ट
६३३ पटक

झापा २६ पुस । सञ्जीवनी महिला विकास संस्था धुलाबारीको अध्यक्षमा पुनः रेणुका डाँगी चयन भएकी छिन् । संस्थाको शनिवार सम्पन्न १२ औं बार्षिक साधारणसभाबाट उपाध्यक्षमा खिला खनाल, सचिवमा निर्मला काफ्ले, सहसचिवमा गीता भण्डारी, कोषाध्यक्षमा पवित्रा दाहाल र सदस्यहरुमा चण्डिका बानियाँ, भिषोधा बुढाथोकी, सुमारी मेहेरा, चन्द्रकला श्रेष्ठ, गीता आचार्य, गंगा खनाल चयन भएका हुन् ।

आन्तरिक पर्यटनको प्रवद्र्धन हुने उद्देश्यका साथ कालिका सामुदायिक वनमा संस्थाले बनभोजसहित साधारणसभा आयोजना गरेको थियो । सञ्जीवनी विभिन्न पेशा र व्यवसायमा आवद्ध महिलाहरुको छाता संस्था हो । संस्थाले सयौ ग्रामीण क्षेत्रका महिलाहरुलाई नेतृत्व प्रदान गर्न सक्ने गरी विभिन्न तालिम दिएर सक्षम बनाएको छ । सीप सिकाएर आत्मनिर्भर बनाउँदै आएको छ । नगरका विभिन्न स्थानमा शाखा कार्यालयको स्थापना गरी महिलाहरुको सशक्तिकरण गर्दै आर्थिक, सामाजिक, राजनीतिक तथा सांस्कृतिक क्षेत्रको नेतृत्वमा पुर्याउने कार्य गर्दै आएको संस्थाकी अध्यक्ष रेणुका डाँगीले बताइन् ।

विगतदेखि नै ग्रामीण क्षेत्रका विपन्न परिवारलाई लक्षित गर्दै आएको संस्थाले  अति बिपन्न, दलित, असाहय, एकल महिलाको घर परिवारको पहिचान गरी जस्तापाता (टिन) खरिद गरेर ३६ घर धुरीलाई वितरण गरेको छ ।

उनले घरमा खानेपानीको व्यवस्था गर्न नसकेका विपन्न १० परिवारलाई संस्थाकै खर्चमा धारा जडान गरेर खानेपानीको व्यवस्था गरिएको जानकरी दिइन् । संस्थाले कोभिड १९ को विरुद्ध सचेतनामूलक कार्यक्रम, सोही अवस्थामा खाद्यान्न अभावमा छटपटाइरहेका चार जना सुत्केरीलाई पोषणयुक्त खानाको व्यवस्था, इस्ट होराइजन अंग्रेजी विद्यालयको सहयोगमा धुलाबारी बजारको सिरानमा सेनीटाइजर, हात धुने साबुन र पानीको समेत व्यवस्था गरेको बताइन् । संस्थाले विपन्न अवस्थाका परिवारलाई स्वाथ्य उपचार खर्च समेत उपलब्ध गराउँदै आएको उनको भनाई छ । लाेकतन्त्र पाेष्ट

प्रतिकृया दिनुहोस्