रातोपोस्ट संवाददाता

काठमाडौँ, २६ पुष । सरकारले माघे संक्रान्तिमा सार्वजनिक बिदा दिने भएको छ । राष्ट्रिय सभामा आइतबार सम्बोधनको क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले माघी पर्वको अवसरमा सरकारले माघ १ गते बिदा दिने निर्णय गरेको जानकारी दिए ।
माघीको दिनलाई राष्ट्रिय उत्सवको रुपमा मनाउन सार्वजनिक बिदा दिने निर्णय गरिएको हो । ‘यो बिदा थारु जातीका लागि होइन, अरु जातीले पनि मनाउँछन् ।
जनताको भावना, आस्थालाई कदर गर्दै बिदा दिने निर्णय गरिएको छ,’ ओलीले भने ।