News Portal

राष्ट्रियसभाको सातौँ अधिवेशन अन्त्य

रातोपोस्ट संवाददाता
६७२ पटक

काठमाडौं, पौष २६ । राष्ट्रियसभाको सातौं चालु अधिवेशन अन्त्य भएको छ । राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले राष्ट्रपति कार्यालयबाट आएको अधिवेशन अन्त्यको पत्र पढेर सुनाएका छन् ।

आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रियसभाको अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । आज मध्यरातबाट राष्ट्रियसभाको सातौं अधिवेशन अन्त्य हुने अध्यक्ष तिमल्सिनाले बताए ।

पुस १७ गतेबाट राष्ट्रियसभाको सातौं अधिवेशन सुरु भएको थियो । पुस ५ गते प्रतिनिधिसभा विघटन भएपछि र संघीय संसदमा राष्ट्रियसभा मात्र छ ।

प्रतिकृया दिनुहोस्

Our Team

अध्यक्ष : गणेश बहादुर मगर
सम्पादक : दिलिप थापा
संवाददाता: सुबराज लामिछाने
मल्टीमिडिया : एकराज प्रधान
व्यवस्थापक : अप्सना बेगम
सल्लाहकार : घनश्याम गाैतम
कानुनी सल्लाहकार : मानबहादुर खत्री
सम्पर्क नम्बर (९८५२६२१३००)