News Portal

छात्रा माथि अभद्र व्यवहार गरेकाे आरोपमा आरआर क्याम्पसका प्राध्यापक पक्राउ

रातोपोस्ट संवाददाता
१०९० पटक

काठमाडाैँ, २८ पुस। आफ्नै क्याम्पसमा अध्ययनरत छात्रा माथि अभद्र व्यवहार गरेको आरोपमा रत्नराज्य लक्ष्मी  क्याम्पसका एक प्राध्यापक पक्राउ परेका छन् ।

महानगरीय प्रहरी परिसर काठमाडौंका  अनुसार अभद्र व्यवहार गरेको आरोपमा प्राध्यापक विष्णुप्रसाद आचार्य पक्राउ परेका हुन् ।

आचार्यविरुद्ध  छात्राले अभद्र व्यवहार गरेको भन्दै उजूरी गरेपछि उनलाई पक्राउ गरेको प्रहरीले जनाएकाे छ । आचार्यमाथि अहिले अनुसन्धान सुरु भएको प्रहरीले जनाएकाे छ ।

प्रतिकृया दिनुहोस्