News Portal

आगलागीबाट बोइलर कुखुराको फर्म जलेर नष्ट , चारलाख बराबरकाे क्षति

रातोपोस्ट संवाददाता
६०६ पटक

झापा,२९ पुस। झापाकाे भद्रपुर नगरपालिका स्थित बाेइलर कुखुराकाे फर्ममा आगलागी हुँदा जलेर नष्ट भएकाे छ ।

हिजाे मंगलबार राती ९ बजेकाे  समयमा  भद्रपुर नगरपालिका वडा नं.३ पैतिसलाइन स्थित कुल बहादुर बिष्टले संचालन गरेको बोईलर कुखुराको फर्ममा अचानक विद्युत सर्ट भई आगलागी हुदाँ उक्त फर्मभित्र रहेका १५० ( एकसय पचास) वटा बोईलर कुखुरा तथा फम पुर्ण रुपले जलि नष्ट भई  मुल्य रु ४,००,०००।– ( चार लाख) बराबरको क्षति भएको प्रहरी नायव उपरिक्षक राकेश थापाले जानकारी दिए ।

उक्त आगलागीमा  अन्य मानविय तथा चौपाय क्षति नभएको र  आगलागी स्थानियबासी,नेपाल प्रहरी र भद्रपुर नगरपालिकाको दमकलको सहयोगमा आधा घण्टाकाे समयमा  पुर्ण रुपमा नियन्त्रणमा आएको   उपरिक्षक थापाले बताए ।

प्रतिकृया दिनुहोस्