News Portal

फेसबुकमा “जब भ्याकेन्सी” काे बिज्ञापन राखी ठगी गर्ने पक्राउ

रातोपोस्ट संवाददाता
६१२ पटक

काठमाडाै, २९ पुस । सामाजिक सञ्जाल फेसबुक पेजमा “जब भ्याकेन्सी” को बिज्ञापन राखी ठगी गर्ने एक ब्यक्तिलाई प्रहरीले पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा दोलखाकाे जिरी नगरपालिका वडा नं. ८ घर भई हाल काठमाडाै काडाँघारी बस्ने २३ वर्षका शीव खड्कालाई पक्राउ गरेकाे हाे ।

बेरोजगार युवाहरुलाई आकर्षित गरी आकर्षक तलब, सुविधा दिने झुठो आश्वासन दिलाई सुरुमा रु. १५००-३५०० सम्म इसेवा मार्फत डिपोजिट गर्नुपर्छ भनी ४३ जना युवाहरुबाट रकम ठगी गरी फरार रहेका उनलाई पक्राउ गरी आवश्यक कारवाहीको लागी महानगरीय प्रहरी परिसर ललितपुर पठाईएको पनि प्रहरीले जानकारी दिएकाे छ। साथै यस्ता खालका प्रलोभनबाट बच्नको लागी महानगरीय अपराध महाशाखाले सुचना जारी गरेकाे छ ।

प्रतिकृया दिनुहोस्