News Portal

नेपाल प्रहरीका ११ एसपी एसएसपीमा बढुवा

रातोपोस्ट संवाददाता
४७५ पटक

काठमाडौं, २९ पुस । नेपाल प्रहरीका ११ जना एसपी एसएसपीमा बढुवा सिफारिस भएका छन्। जनपद प्रहरी समूहतर्फ रिक्त रहेका ११ एसएसपीमा बढुवा गर्न आज (बुधबार) बसेको बढुवा समितिको बैठकले उनीहरुलाई सिफारिस गर्ने निर्णय गरेको हो।

केही दिनअघि डीआईजीमा बढुवा भएपछि एसएसपीमा रिक्त भएको स्थानमा एसएसपी बढुवा सिफारिस गरिएको हो।

प्रहरी प्रधान कार्यालयका अनुसार एसएसपीमा बढुवा सिफारिस हुनेहरुमा कृष्णकुमार महत, गोविन्दकुमार साह, उमाशंकर पन्जियार, अर्जुन चन्द ठकुरी, जनकराज पाण्डेय, सुरेन्द्रप्रसाद मैनाली, कृष्णहरि शर्मा पोखरेल, चक्रबहादुर सिंह, दिल्लीराज पन्त, मधुसुदन लुईँटेल र मोहन प्रसाद पोखरेल छन्।

प्रतिकृया दिनुहोस्