News Portal

जनप्रिय साकोसको ११ औं वार्षिक साधारणसभा सम्पन्न

रातोपोस्ट संवाददाता
४०७ पटक

झापा,  २९ पुस । झापाको मेचीनगर–१० स्थित जनप्रिय बचत तथा ऋण सहकारी संस्थाको ११ औं वार्षिक साधारणसभा बुधबार सम्पन्न भएको छ । संस्थाको कार्यालयमा आयोजित सभाको उद्घाटन उक्त सहकारीका संस्थापक अध्यक्ष चन्द्रकुमार भट्टराईले गरेका थिए ।

सभाको खुल्ला सत्रमा प्रमुख अतिथि भट्टराई, विशेष अतिथि मेचीनगर वडा नम्बर ५ का अध्यक्ष योगेन थापा मगर, १० का अध्यक्ष सुदय पनेरु, संस्थाका निवर्तमान अध्यक्ष चुडामणि बराल, पूर्व डिएसपी प्रेम लामालगायतले शुभकामना मन्तव्य राखेका थिए ।

सो कार्यक्रमका सभापति एवँ संस्थाका अध्यक्ष विष्णुकुमार लावतीले उद्घाटन सत्रमा संस्थाको वार्षिक प्रतिवेदन र लेखा समिति संयोजक डिल्ली खनालले लेखा प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रमको सञ्चालन संस्थाका व्यवस्थापक सुन्दरबहादुर मगरले गरेका थिए भने  सचिव सुभाष गुरुङले कार्यक्रममा स्वागत  मन्तव्य  राखेका थिए ।

प्रतिकृया दिनुहोस्