News Portal

  • दुर्लभ बन्यजन्तु बाघको छाला सहित एकजना पक्राउ

    रातोपोस्ट संवाददाता
    २८९ पटक

    काठमाडौं, १ माघ। दुर्लभ बन्यजन्तु बाघकाे छाला सहित एकजनालाई प्रहरीले पक्राउ गरेकाे छ। तारकेश्वर नगरपालिका-९ मनमैजुबाट करिब ६ फिट २ ईन्च लम्बाई र १ फिट २ ईन्च चौडाई भएको दुर्लभ बन्यजन्तु बाघको १ थान छाला सहित सोही ठाउँ बस्ने लम्जुङ दुधपोखरी गाउँपालिका-२ घर भएका ५३ वर्षीय बृस राज घलेलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हाे ।

    उक्त क्षेत्रमा प्रतिबन्धित दुर्लभ बाघको छाला अबैध रुपमा किनबेच गर्नको लागि लुकाई ल्याएको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले जाँच गर्नेक्रममा राज घलेको कोठाबाट उक्त बाघको छाला फेला पारी पक्राउ गरेको हो ।
    उनलाई आवश्यक कारबाहीको लागि जिल्ला बन कार्यालय हात्तिसार, काठमाडौं पठाईएको उक्त महाशाखाले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)