News Portal

काँकरभिट्टामा नगरप्रमुख आचार्यद्वारा मेरो मेचीनगर डट कम अनलाइनको उद्घाटन

रातोपोस्ट संवाददाता
५४३ पटक

झापा, माघ १ । हब डिजिटल मिडिया प्रालिद्वारा सञ्चालित मेरो मेचीनगर डट कमको विहीबार विधिवतरुपमा उद्घाटन भएको छ । झापाको मेचीनगर—६ काँकरभिट्टामा मुख्यः कार्यालय रहकाे अनलाईनको आज कार्यक्रमका प्रमुख अतिथि मेचीनगर नगरपालिका प्रमुख विमल आचार्यले अनलाइनको वेभसाइड खोलेर उद्घाटन गरेका हुन ।

उद्घाटन मन्तव्य राख्दैं नगरप्रमुख आचार्यले  स्थानीय सरकारकाे प्रमुख भएको नाताले स्थानीय सञ्चार माध्यम र सञ्चारकर्मीको नेतृत्व र क्षमता विकासका लागि जस्तोसुकै साथ सहयोग गर्ने प्रतिवद्घता व्यक्त गरे । आचार्यले भने, स्थानीय सञ्चार माध्यम र सञ्चारकर्मीहरुसँग सहकार्य र समन्वय गदैं नगरको विकास र समृद्घकालागि अघि बढ्न तयार रहेको साथै नगरभित्रै लेख्नै र समाचार बन्ने थुप्रै विषय भएको हुनाले यसकाे लागि कलम चलाउन आवश्यक रहेको उनले बताए ।

कार्यक्रममा उपप्रमुख मीना पोखरेल उप्रेतीले नगरमा भइरहेको राम्रो कामलाई जनतामाझ पुर्याउन  खराब भएका कामलाई बाहिर ल्याउन सञ्चारमाध्यमकाे महत्त्वपूर्ण भुमिका रहेकाे हुनाले सहयाेग गर्नकाे लागि सञ्चारकर्मीलाई आग्रह गरिन । उपप्रमुख उप्रेतीले भनिन्,  सञ्चारमाध्यमले संख्यात्मक भन्दा पनि गुणात्मक कुरामा ध्यान दिन जरुरी रहेको बताइन ।

उद्घाटन कार्यक्रममा नेपाल पत्रकार महासंघ झापा शाखाका कार्यवहाक अध्यक्ष एकराज गिरी, प्रेस संगठन झापाका अध्यक्ष मुक्ति पौडेल, जनता समाजवादी पार्टीका मेचीनगर अध्यक्ष ओमप्रकाश खापुङ्ग, काँकरभिट्टा खानेपानी तथा सरसफाई संस्थाका कोषाध्यक्ष दिलीप सुवेदी, जिल्ला सहकारी संघ झापाका सदस्य दुर्गाप्रसाद सापकोटाले शुभकामना मन्तब्य व्यक्त गरेका थिए ।

मिडिया प्रालिका अध्यक्ष उदयकुमार श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रममा  सम्पादक लक्ष्मी उप्रेतीले स्वागत मन्तव्य राखेका थिए ।  प्रालिका प्रवन्ध निर्देशक सुजन प्रधानले सञ्चालन गरेको  कार्यक्रममा प्रधान सम्पादक चेतनाथ गौतमले अनलाईनको विगत वर्तमान र भविष्यकाे बारेमा मिडिया अवधारणा राखेका थिए ।

प्रतिकृया दिनुहोस्