News Portal

  • धर्मेन्द्र बाँस्तोला पक्राउको विरोधमा विप्लवको देशव्यापी विरोध कार्यक्रम

    रातोपोस्ट संवाददाता
    ३२० पटक

    काठमाडौँ, १ माघ । प्रतिबन्धित नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका तेस्रो वरियताका नेता धर्मेन्द्र बास्तोला ‘कन्चन’ पक्राउ परेका छन्। प्रहरीको विषेश ब्युरोको टोलीले बास्तोलालाई बुधबार ललितपुरबाट पक्राउ गरेको हो।

    यसैबीच आफ्ना नेता पक्राउको विरोधमा नेकपा विप्लवले संघर्षका कार्यक्रम घोषणा गरेको छ। माघ ३, ५,७ र ९ गते देशभर विरोध जुलुस गर्ने र माघ १० गते नेपाल बन्द गर्ने नेकपा विप्लवद्धारा जारी विज्ञप्तीमा उल्लेख छ।

    कन्चन केन्द्रीय समिती सचिवालय सदस्य हुन्। उनीसँगै ब्युरो सदस्य विवेक र विशाल पनि पक्राउ परेको पार्टी महासचिव विप्लवले उल्लेख गरेका छन्।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)