News Portal

झापामा एनएमसीले सुरु गर्‍यो एटीएम सेवा

रातोपोस्ट संवाददाता
९०८ पटक

झापा , माघ १ । नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी) ले आफ्नो एटीएम सेवा  आजबाट  सुरु गरेको छ । झापाको अग्रणी सहकारीको रुपमा चिनिएको एनएमसीले आफ्नो ५ वटा सेवा केन्द्रमा एटीएम मेसिन राखेर सेवा सुरु गरेको हो । याे सगै झापामा एटीएम प्रचलनमा ल्याउने पहिलो सहकारी भएकाे छ ।

बिहिबार मेचीनगर–६ काकँरभिट्टा स्थित संस्थाको प्रधान कार्यालयमा एक समारोहबीच मेचीनगर प्रमुख बिमल आचार्यले एटीएम सेवाको उद्घाटन गरेका थिए ।
काउन्टरको भीडभाड कम गर्न र सदस्यलाई नयाँ प्रविधियुक्त बैङ्किङ सुविधा पुर्याउन संस्थाले सेवा सुरु गरेको संस्थाका अध्यक्ष रामचन्द्र उप्रेतीले जानकारी दिए ।

बैङ्किङ व्यवसायको प्रशासन प्रमुख मनिष कोइरालाले एससीटी र युपीआई नेटवर्कमा समेटिएको एटीएम प्रयोग गरिएको जानकारी दिए । कार्यक्रममा  मेचीनगरका प्रमुख बिमल आचार्य र उपप्रमुख मीना उप्रेतीले एनएमसीको नयाँ प्रविधियुक्त सेवा सुरुवातका लागि शुभकामना व्यक्त गरेका थिए । सहकारीका बैङ्किङ व्यवसाय समिति सदस्य राजु उप्रेतीले स्वागत मन्तब्व ब्यक्त गरेका थिए ।

प्रतिकृया दिनुहोस्