News Portal

परराष्ट्रमन्त्री ज्ञवाली दिल्ली पुगे, राजदूत आचार्यले गरे स्वागत

रातोपोस्ट संवाददाता
९३२ पटक

काठमाडौं, १  माघ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली नेपाल–भारत संयुक्त आयोगको छैटौँ बैठकमा भाग लिने सिलसिलामा बिहीबार भारतको नयाँदिल्ली पुगेका छन्। उनलाई इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतका लागि नेपाली राजदूत नीलाम्बर आचार्य तथा नयाँदिल्लीस्थित नेपाली दूतावासका कर्मचारीले स्वागत गरे।

मन्त्री ज्ञवालीले शुक्रबार भारतको राजकीय अतिथिगृह हैदरावाद हाउसमा आफ्ना समकक्षी एस जयशङ्करसँग भेटवार्ता गर्ने तथा सोही भवनमा हुने संयुक्त आयोग बैठकको सहअध्यक्षता गर्ने कार्यक्रम रहेको छ।

यसैबीच, राजदूत आचार्यले भारतका प्रधानसेनापति विपीन रावतसँग बिहीबार उनकै कार्यकक्षमा शिष्टाचार भेट गरे। त्यसअवसरमा उनीहरूबीच नेपाल–भारत मैत्रीबारे छलफल भएको नेपाली दूतावासले जनाएको छ।

प्रतिकृया दिनुहोस्