News Portal

मानव बेचबिखन नियन्त्रन तथा राेकथामका लागि पाँच संस्थाले संयुक्त रूपमा काम गर्ने

रातोपोस्ट संवाददाता
६३६ पटक

मेचिनगर,२  माघ। झापाकाे काकडभिट्टा सीमाक्षेत्रमा  मानव बेचबिखन नियन्त्रन  तथा राेकथामका लागि काम गरिरहेका पाँच  संस्थाहरूले आज  बैठक बसी संयुक्त रूपमा काम गर्ने निर्णय गरेका छन्।

विश्व सेवा बिस्तार संस्थाकाे शाखा कार्यालय काकडभिट्टामा संस्थाकि अध्यक्ष मिलनमणी प्रधानकाे अध्यक्षतामा बसेकाे बैठकले  संयुक्त रूपमा मानव बेचबिखन नियन्त्रन तथा राेकथामका लागी आगामि दिनहरूमा  सामुयिक रूपमा काम गर्ने प्रतिवद्दता व्यक्त गरेकाे छ।

बैठकमा माइती नेपालका अध्यक्ष गाेविन्द घिमिरे , साना हातहरू नेपालका अध्यक्ष रमेश गुरूङ्ग , साहसी महिला नेपालका अध्यक्ष भाेला आचार्य र  आफ्नाे नेपाल नामक संस्थाका अध्यक्ष सराेज गुरूङ्ग लगायतले सिमाक्षेत्रमा मानव बेचबिखन नियन्त्रन तथा राेकथामका लागि काम गर्ने साथै नागरिक सचेतनामा सहकार्य गरिने प्रतिबद्दता ब्यक्त गरेका हुन्।

प्रतिकृया दिनुहोस्