News Portal

प्रधानमन्त्री कप बिजेता महिला क्रिकेट खेलाडीलाई एनएमसीको सम्मान

रातोपोस्ट संवाददाता
३८६ पटक

झापा, २ माघ । प्रधानमन्त्री कप महिला क्रिकेट प्रतियोगिताको विजेता टोलीलाई नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी) ले सम्मान गरेको छ । पुस ११ देखि १९ गतेसम्म दाङको लमहीमा सञ्चालन भएको प्रतियोगिताको फाइनलमा प्रदेश १ ले विभागीय टोली एपीएफलाई पराजित गर्दै उपाधि जितेको थियो ।

प्रधानमन्त्री कप महिला क्रिकेट प्रतियोगिताको विजेता प्रदेश १ टोलीलाई आज एक कार्यक्रममका बिच एनएमसी विषयगत खेलकुद उपसमितिकाे आयोजनामा सम्मान गरिएको हो । कार्यक्रममा सञ्चालक समिति अध्यक्ष रामचन्द्र उप्रेती, सञ्चालक समिति सदस्य ठाकुरप्रसाद सिवाकोटी, प्रमुख कार्यकारी अधिकृत लक्ष्मीप्रसाद उप्रेती, एनएमसी खेलकुद उपसमिति सदस्य खडानन्द खतिवडालगायतले विजेता टोलीलाई अबिर, खादा, सम्मान पत्र र पोसाकसहित सम्मानित गरेका थिए ।

उक्त अवसरमा बोल्दै प्रशिक्षक विरु श्रेष्ठ र कप्तान रुबिना क्षेत्रीले एनएमसी जस्तो संस्थाले गरेको यसप्रकारका सम्मानले खेलकुदमा थप उर्जा मिलेको बताए ।  संस्थाका अध्यक्ष रामचन्द्र उप्रेतीले एनएमसीले खेलकुदको क्षेत्रमा सधैँ सहयोग गर्न तत्पर रहेको बताए । एनएमसी खेलकुद उपसमिति संयोजक हरिप्रसाद तिम्सिनाको अध्यक्षतामा कार्यक्रमम भएको थियाे । एनएमसी खेलकुद उपसमिति सदस्य प्रविण थापाले मन्तव्यबाट स्वागत गरेको सम्मान कार्यक्रमको सञ्चालन सामुदायिक विभाग प्रमुख हिरन कट्टेलले गरेकी थिइन् ।

प्रतिकृया दिनुहोस्