News Portal

मेचीनगरमा संसद् विघटनविरुद्ध कांग्रेसकाे विरोध सभा

रातोपोस्ट संवाददाता
४४३ पटक

झापा, माघ ३ । नेपाली कांग्रेसले प्रतिनिधिसभा विघटन असंवैधानिक भएको भन्दै विरोध र्याली र सभा आयोजना गरेको छ ।

झापाकाे मेचीनगर–७ स्थित ईटाभट्टामा आयोजना भएकाे  विरोधसभालाई सम्बोधन गर्दै नेपाली कांग्रेसका नेता राम  कट्टेलले नेकपाको आन्तरिक विवादका कारण देशमा अहिलेको विषम् परिस्थिति सृजना भएको बताए ।  उनले भने,  नेकपाको दुई तिहाईको सरकार हुदाँ हुदै पनि आन्तरिक विवाद समाधान गर्न नसक्दा प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन जस्तो असंबैधानिक कदम चालेको बताए ।

कार्यक्रममा कांग्रेसका  उसा गुरुङ्ग, क्षेत्रिय सभापती मणी उप्रेतीलगायतका नेताहरुले संसद विघटनको चर्को आलोचना गरेका थिए । उनीहरुले सम्बोधनका क्रममा अहिलेको राष्ट्रपती विद्यादेवि भण्डारी प्रधानमन्त्री ओलीको मात्र भए जस्तो गरी ओलीले भनेको र अह्राएका काम गरेको आरोप लगाए ।

कार्यक्रममा कांग्रेसबाट निर्वाचित मेचीनगर वडा नम्बर ४ का वडा अध्यक्ष नविन बराल मेचीनगर–५ का वडा अध्यक्ष योगेन थापामगर, मेचीनगर–९ का वडा अध्यक्ष गोपाल खड्कालगायतका जनप्रतिनिधि,  जिल्ला सदस्य पुष्पराज पौडेल  तथा कांग्रेसका क्रियाशिल सदस्यहरुको उपस्थिति रहेको थियो । कार्यक्रम नेपाली कांग्रेस मेचीनगर सभापति ईन्दबहादुर बुढाथोकीको सभापतित्वमा आयोजना भएको थियो ।

प्रतिकृया दिनुहोस्