News Portal

प्रतिभा यूवा परिवारको आयोजनामा पाँच दिवशीय योग शिविर शुरु

रातोपोस्ट संवाददाता
७३२ पटक

इटाभट्टा, ३ माघ । ‘स्वास्थ्यका लागि योग’ भन्ने नाराका साथ प्रतिभा यूवा परिवारको आयोजनामा पाँच दिवशीय महिला लक्षित योग शिविर शनिबारबाट शुरु भएको छ ।

आदर्श माध्यमिक विद्यालयको सभाहलमा शुरु भएको शिविरलाई मेचीनगर वडा नम्बर ८ ले आर्थिक सहयोग रहेकाे ७ गतेसम्म हुने भएकाे छ भने शिविरमा ३५ जना भन्दा बढीले सहभागिता रहेका छन् ।

शिविरको सहजीकरण योग गुरु गोपाल आत्रेयले गरेका छन् । कार्यक्रममा मेचीनगर–८ का वडा अध्यक्ष विकेन्द्र धिमाल, लालबहादुर थामी, टिकाभूषण आत्रेयलगायतको आतिथ्यता रहेको थियो ।

कार्यक्रमको सञ्चालन संस्थाका अध्यक्ष रामप्रसाद गौतम (राजु)ले गरेका थिए । वि.सं. २०६६ मा स्थापना भएको प्रतिभा यूवा परिवारले हरेक वर्ष सामाजिक तथा सचेतनामुलक कार्यक्रम गर्दै आएको संस्थाका कार्यक्रम संयोजक सञ्जय थामीले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्