News Portal

झापामा राप्रपा संगठन बिस्तार अभियानमा

रातोपोस्ट संवाददाता
१२४६ पटक

झापा, ४ माघ ।  राष्ट्रिय प्रजातन्त्र पार्टी झापाले वडातहका कार्यसमिति गठन गर्ने कार्यलाई तीव्र बनाएको छ ।  झापा जिल्लाका सबै वडामा पार्टीको वडा समिति बनाउने लक्ष्य लिएको  बताएकाे छ । आज (शनिबार)  मेचीनगर  नगरपालिकामा १५  नम्बर वडामा राप्रपाले वडा कार्य समिति गठन गरेको छ ।

राप्रपा मेचीनगरका  नगर अध्यक्ष सुशील आचार्य अनुसार १५ नम्बर वडामा सन्तराज कार्कीकाे अध्यक्षतामा २१ सदस्य वडा कार्यसमिति गठन भएकाे बताएका  छन  ।

कार्यक्रममा राप्रपाका प्रजापति काेइराला, देबि दंगाल, सुशील आचार्य, बिजय दाहाल, नारायण राजबंशी, सबिना बजगाइ र दिपेश राईलगायत नेताहरुकाे सहभागी रहेका थिए । कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि १७ जना राप्रपामा प्रबेश गरेका थिए ।

प्रतिकृया दिनुहोस्