News Portal

मोतिलाल दुगड प्रधानमन्त्रीको विशेष आर्थिक सल्लाहकार नियुक्त

रातोपोस्ट संवाददाता
४६५ पटक

काठमाडौं, ४ माघ । सरकारले प्रधानमन्त्री केपी शर्मा ओलीको विशेष आर्थिक सल्लाहकारमा पूर्वराज्यमन्त्री मोतिलाल दुगडलाई नियुक्त गर्ने निर्णय गरेको छ।

उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री रहेका दुगड पछिल्लोपटक भएको मन्त्रिपरिषद हेरफेरमा बहिर्गमनमा परेका थिए। प्रधानमन्त्री ओलीले पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाको स्थानमा दुगडलाई विशेष आर्थिक सल्लाहकार बनाएका छन्। खतिवडा अमेरिकाका लागि नेपालको राजदूत नियुक्त भएका छन्।

उनी अमेरिका जाने भएसँगै दुगडलाई मन्त्रीसहरको सुविधा दिएर विशेष आर्थिक सल्लाहकार बनाइएको हो। तत्कालीन नेकपा एमालेको तर्फबाट समानुपातिकबाट प्रतिनिधि सभामा सांसद भएका दुगडलाई ओलीले नै उद्योग राज्यमन्त्री बनाएका थिए। विराटनगरका दुगड व्यवसायी पनि हुन्।

प्रतिकृया दिनुहोस्