News Portal

  • कुटोले हानेर श्रीमतीको हत्या गरेकाे अभियोगमा एक व्यक्ति पक्राउ

    रातोपोस्ट संवाददाता
    २६१ पटक

    पाल्पा, ४ माघ  । आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा पाल्पामा एक व्यक्ति पक्राउ परेका छन् । ५७ वर्षीया श्रीमती रमा कुमारी दराईको हत्या गरेको अभियोगमा रामपुर नगरपालिका-५ बेजाडका बुद्धि दराईलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय रामपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

    बुद्धिले शनिबार साँझ कुटोले प्रहार गर्दा रमा गम्भीर घाइते भएकी थिइन् । उनको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचारको क्रममा आइतबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ ।

    घटनाबारे जानकारी पाएलगत्तै पुगेको प्रहरीकाे टोलीले उनको उद्दार गरी उपचारका लागि रामपुर अस्पताल पठाएकाे थियो । बुद्धिलाई नियन्त्रणमा लिएर घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्