News Portal

काकँरभिट्टा फुटबल ट्रेनिङ सेन्टर क्वाटर फाईनल

रातोपोस्ट संवाददाता
७७१ पटक

काँकरभिट्टा, ४ माघ । मेचीनगरको काँकरभिट्टामा जारी स्व. अर्जुन तामाङ स्मृती खुल्ला नकआउट फुटबल प्रतियोगिताको आइताबार सम्पन्न खेलमा काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टर मेचीनगर बिजयी भएकाे छ ।

काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टर मेचीनगरले रेड स्टार फुटबल क्लब विर्तामोडलाई २–१ गोल अन्तरले पराजित गरेको हो । जीतसँगै काकँरभिट्टा फुटबल ट्रेनिङ सेन्टर क्वाटर फाईनलमा प्रवेश गरेको छ ।

मेचीनगर–६ स्थित तुर्केनी खेल मैदानमा भएको खेलमा काकँरभिट्टा फुटबल ट्रेनिङ सेन्टरको तर्फबाट जर्सी नम्वर ३ का विशाल दर्जीले २ गोल गरेर टिमलाई विजयी बनाए । रेड स्टारको तर्फबाट रोमन भुजेलले १ गोल गरेका थिए ।

प्रतियोगितामा उत्कृष्ट खेल्दै २ गोल गर्न सफल काकँरभिट्टा फुटबल ट्रेनिङ सेन्टरका विशाल दर्जी म्यान अफ दि म्याच घोषित भए ।

उनलाई काकँरभिट्टा भेट्रान क्लबका अध्यक्ष गंगालाल गुरुङ्गले नगद सहित ट्रफि प्रदान गरे । भोलिको पहिलो क्वाटारफाईनल खेल धरान गार्डेन फुटबल क्लब सुनसरी र रोलिङ क्लब धुलाबारी बीच दिनको २ः३० बजे हुने आयोजकका सल्लाहकार डिल्लिराम अधिकारीले जानकारी दिए । तुर्केनी फुटबल क्लवको आयोजनामा सञ्चालित प्रतियोगितामा ९ वटा टिमले सहभागिता जनाएका छन् । प्रतियोगिताको विजेता टिमले नगद ५० हजार र उपविजेताले २५ हजार नगदसहित ट्रफि पाउने छन् ।

प्रतिकृया दिनुहोस्