News Portal

विष्णु कुमार श्रेष्ठकाे संयाेजकत्वमा स्वच्छ काकडभिट्टा सराेकार समिती गठन

प्रवीण अधिकारी
१०६९ पटक

झापा,५ माघ। सिमानाका काँकरभिट्टालाई स्वच्छ बनाउनका निमित्त विष्णु श्रेष्ठकाे संयाेजकत्वमा स्वच्छ काँकरभिट्टा सराेकार समिती गठन भएकाे छ। हिजाे (साेमबार) काँकरभिट्टामा विभिन्न संघसंस्थाका प्रतिनिधि, व्यवसायी, बुद्धिजीवीलगायतकाे उपस्थितिमा बसेकाे बैठकले विष्णु कुमार श्रेष्ठकाे संयाेजकत्वमा १४ जनाकाे कार्यसमिति निर्माण गरेकाे यस समितिका सचिव एवम्, ट्राभल संघ झापाका अध्यक्ष निर बहादुर कार्की (नेत्र) ले जानकारी दिए।

उक्त समिति निर्माण भेलामा मेचिनगर हाेटल व्यवसायी संघका अध्यक्ष शुरेस कुमार श्रेष्ठ, सचिव हस्त बहादुर तामाङ्ग, पुर्व सचिव राम बहादुर तामाङ्ग,सदस्य ध्रुव गिरी, ट्राभल संघ झापाका अध्यक्ष निर बहादुर कार्की (नेत्र) महासचिव पृथुराज गाैतम, महेन्द्र राजमार्ग कर्मचारी कल्यानकाेषका अध्यक्ष विष्णु गाैतम, सुनाैलाे संयुक्त व्यवसायी यातायात प्रालीका अध्य्क्ष भुपाल ओली, पुर्व मेचि बस व्यवसायि प्रालीका अध्यक्ष विष्णु कुमार श्रेष्ठ, ट्रेड युनियन झापाकका सह-सचिव गाेपाल सिवाकाेटी , पुर्वि नेपाल यातायात व्यवसायी प्रालीका अध्यक्ष केशव गिरी , नाटा पुर्वाञ्चलका अध्यक्ष उदय कुमार श्रेष्ठलगायत समाजका बाैद्विक व्यक्तित्वहरूकाे उपस्थिति रहेकाे थियाे।

उक्त भेलाले निर्माण गरेकाे समितिकाे संयाेजकमा विष्णु कुमार श्रेष्ठ, सह-संयाेजकमा भुपाल ओली, सचिवमा निर बहादुर कार्की (नेत्र) र काेषाध्यक्षमा राम बहादुर तामाङ्ग रहेकका छन्। त्यस्तै सदस्यहरूमा सुरेश कुमामर श्रेष्ठ, विष्णु गाैतम, उदय कुमार श्रेष्ठ, मानबहादुर गिरी, गाेपाल शिवाकाेटी, हस्त बहादुर तामाङ्ग, पृथुराज गाैतम, दिल कुमारी श्रेष्ठ, दिव्यसरा मैनाली (खरेल) र केशब गिरी रहेका छन्।

उक्त नवगठित समितिले काकडभिट्टा क्षेत्रमा हुने हरेक किसिमका विकृति, विसंगति, अपराधिक कृयाकलाप, सरसफाइ लगायतका क्षेत्रमा काम गर्ने र स्वच्छ काँकरभिट्टा निर्माण गरिने समितिका सचिव निर बहादुर कार्की (नेत्र) ले जानकारी दिए।

प्रतिकृया दिनुहोस्