News Portal

प्रतिबन्धित लागुऔषध ब्राउनसुगर सहित ३ जना पक्राउ

रातोपोस्ट संवाददाता
५२७ पटक

झापा, ५ माघ । प्रतिबन्धित लागुऔषध ब्राउनसुगर सहित ३ जनालाई प्रहरीले पक्राउ गरेकाे छ। झापाकाे दमक र गौरादह नगरपालिका क्षेत्रबाट नियन्त्रीत लागुऔषध ब्राउनसुगर र ट्याब्लटेसहित ३ जनालाई पक्राउ गरिएकाे प्रहरीले जानकारी दिएकाे हाे ।

इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले आइतवार साँझ ६ बजे दमक नगरपालिका–१ का ३२ बर्षीय देवेन्द्र राईलाई २ ग्राम लागुऔषध ब्राउन सुगरसहित पक्राउ गरेको हो ।

राईले आफ्नै घर कोठामा प्रतिबन्धित लागुऔषध ब्राउन सुगरको बिक्री वितरण गरिरहेको छ भन्ने विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय दमकबाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले निजको कोठाभित्र चेकजाच गर्दा कोठाभित्र प्रतिबन्धित लागु औषध ब्राउन सुगर जस्तो देखिने खैरो रङ्गको लिसाईलो पदार्थ २ (दुई) ग्राम, नगद रु ४,०००।( चार हजार) तथा मोवाईल सेट १ थान फेला पारेकाे छ ।

यसैगरी गौरादह नगरपालिका–१ स्थित पेट्रेल पम्प अगाडी लागुऔषध ब्राउन सुगरको कारोवार भईरहेको भन्ने सूचनाका आधारमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले आइतवार राती ८ बजे गौरादह–३ का २७ बर्षीय लक्ष्मण दास र १९ बर्षीय राम शाहलाई २३ ग्राम २०० मिलिग्राम लागुऔषध ब्राउन सुगर र मे ७ प ९०८१ नम्बरकाे मोटरसाईकलसहित दुबै जनालाई नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय दमकमा राखी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्