News Portal

झापाका तीन सांसद ओली समूहमै फर्किए

रातोपोस्ट संवाददाता
५२०४ पटक

झापा, ५ माघ  । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईको विरुद्ध प्रदेशसभामा दर्ता गरिएको अविश्‍वासको प्रस्तावमा हस्ताक्षर गरेका  ३ जना सांसदले हस्ताक्षर फिर्ता लिएका छन् ।

आइतबार सांसद गोपाल बुढाथोकी, श्रीप्रसाद मैनाली र जसमाया गजमेरले प्रदेशसभा सचिवालयमा अविश्वासको हस्ताक्षर फिर्ता लिएको संयुक्त निवेदन दिएका छन् । प्रदेश १ कि सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेरले पुस १२ गते पदबाट राजीनामा दिएकि थिइन् ।

“नेकपाको सरकारको विरुद्ध नेकपाकै सांसदले अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्न उपयुक्त ठानेनौ । त्यसैले हस्ताक्षर फिर्ता लिएका छौं,” निवेदनमा उल्लेख छ । सांसद गजमेर प्रदेश १ सरकारमा सामाजिक विकास मन्त्री हुन् । हस्ताक्षर फिर्ता लिने तीनैजना सांसद झापा जिल्लाका हुन् ।

प्रतिकृया दिनुहोस्