News Portal

काँकरभिट्टाबाट प्रतिबन्धित लागुऔषधसहित १५ वर्षीय बालक पक्राउ

रातोपोस्ट संवाददाता
८९० पटक

झापा, ५ माघ । झापाकाे मेचिनगरमा प्रतिबन्धित लागुऔषधसहित इलाका प्रहरी कार्यालय काँकरभिट्टाले १५ वर्षीय बालकलाई पक्राउ गरेको छ ।

दमक–५ बस्ने रमेश राजवंशीलाई पक्राउ गरिएकाे झापा प्रहरीले जनाएको छ ।

मेचीनगर–६ स्थित गैरीगाउँबाट चेकजाँचका क्रममा राजवंशीको साथबाट ९० सिसि लागुऔषध बरामत गरिएको झापाका प्रहरी प्रवक्ता राकेश थापाले जानकारी दिए ।

राजबंशीलाई चेकजाँच गर्ने क्रममा निजले लगाएको ज्याकेटबाट लुपिजेसिक ३० सिसि, डाईजोपिन ३० सिसि र प्रोमोथाईजिन ३० सिसिगरि जम्मा ९० सिसि लागुऔषध बरामद गरिएको प्रहरीले जनाएको छ ।

राजवंशीलाई तत्कालै नियन्त्रणमा लिई इलाका प्रहरी कार्यलय काँकडभिट्टामा राखिएको छ ।

प्रतिकृया दिनुहोस्