News Portal

विप्लव निकट जनगणतान्त्रिक सम्पर्क मञ्च केन्द्रिय समितिद्वारा काठमाडाैँमा बिरोध सभा

रातोपोस्ट संवाददाता
५३० पटक

काठमाडाै, ६ माघ। नेत्र विक्रम चन्द (विप्लव) नेत्रित्वकाे  नेकपा निकट जनगणतान्त्रिक सम्पर्क मञ्च केन्द्रिय समन्वय समिति नेपालले पार्टि केन्द्रिय कार्यक्रम अनुसार  प्रशासनले  गैरन्यायिक ढंगले पार्टिका  नेता तथा कार्यकर्ताहरूकाे गिरफ्तारीका बिरुद्व आज काठमाडौंमा बिरोध सभा सम्पन्न गरेकाे छ।

बिरोध सभालाई सम्बोधन गर्दै मञ्चका सचिव खेम प्रधानले पार्टि सचिवालय सदस्य धर्मेन्द्र बास्तोला लगायत गिरफ्तार गरिएका नेता तथा कार्यकर्ताहरूलाई तत्काल रिहा नगरे राज्यले ठूलो मूल्य चुकाउनुपर्ने बताए।

त्यस्तै मञ्चकै केन्द्रिय सदस्य तथा धादिङ-काठमाण्डौ जिल्ला सम्पर्क मञ्चका अध्यक्ष प्रतिक अधिकारीले दलाल राज्यसत्ताको विरुद्ध नेकपा वैकल्पिक शक्तिको रुपमा उदाएपछि ओलीहरुको राजनीति धर्मराएको भन्दै त्यसैको प्रतिशोध स्वरुप नेकपामाथि प्रतिबन्ध लगाएर दमन गरेको र  गिरफ्तार गरिएका सचिवालय सदस्य बास्तोला लगायत सम्पुर्ण नेता तथा कार्यकर्ताहरुलाई रिहा गर्न माग गर्दै रिहा नगरिए राज्यले ठुलै मुल्य चुकाउनु पर्ने बताए। सभामा मञ्चमा आबद्व जिल्ला मञ्चहरुको उलेख्य सहभागिता रहेको नेकपाले जनाएको छ।

प्रतिकृया दिनुहोस्

Our Team

अध्यक्ष : गणेश बहादुर मगर
सम्पादक : दिलिप थापा
संवाददाता: सुबराज लामिछाने
मल्टीमिडिया : एकराज प्रधान
व्यवस्थापक : अप्सना बेगम
सल्लाहकार : घनश्याम गाैतम
कानुनी सल्लाहकार : मानबहादुर खत्री
सम्पर्क नम्बर (९८५२६२१३००)