News Portal

माघ १० काे बन्दलाई सघाउन सबै संघसंस्थालाई विप्लव नेकपा सुनसरीले गर्याे पत्राचार

रातोपोस्ट संवाददाता
१३०० पटक

सुनसरी,६ माघ। नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वकाे नेपाल कम्युनिस्ट पार्टि सुनसरीले माघ १० गतेकाे बन्दलाई समर्थन गर्न भन्दै विभिन्न संघ तथा संथाहरूलाई पत्राचार गरेकाे छ।

उक्त पत्रमा जिल्ला इन्चार्ज रूष र रसेक्रेटरी जिवनले हस्ताक्षर गर्दै उक्त बन्दकाे दिन अत्यावश्यक सेवा बाहेकका सम्पुर्ण शिक्षण संस्था,उद्याेग, व्यवसाय,कलकारखाना,यातायात, सरकारी कार्यालय , संघसंस्था तथा वैंकहरू बन्द गरी एक्यबद्वता जनाउन अनुराेध गरेकाे छ।

पार्टिले कथित प्रतिबन्ध खारेज गरी अगाडि बढ्ने क्रममा पार्टिका सचिवालय सदस्य धर्मेन्द्र बास्ताेला लगायत अन्य नेता कार्यकर्ताहरू लाई गिरफ्तार गरी झुटा मुद्दा लगाउने तयारी गरिरहेकाे भन्दै महासचिब विप्लवले विभिन्न संघर्षका कार्यक्रम सहित १० गते नेपाल बन्दकाे घाेषणा गरेका थिए। साेहि अनुरूप सुनसरीमा पनि उक्त पार्टिले बन्दमा सघाउन सबै संघसंस्थाहरूलाई पत्राचार गरेकाे बताइएकाे छ।

यस्ताे छ महासचिव विप्लवले जारि गरेकाे विज्ञप्ति

प्रतिकृया दिनुहोस्