News Portal

  • नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आईपीओमा आजसम्म मात्र आवेदन दिन सकिने

    रातोपोस्ट संवाददाता
    ३७० पटक

    काठमाडौं, ६ माघ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको आईपीओमा आज बैंकिङ्ग समयसम्म मात्र आवेदन दिन सकिनेछ । गत २ गतेदेखि खुला गरिएको आईपीओ आजबाट बन्द हुने भएको हो । उक्त बैंकको आईपीओ खरीदका लागि सोमवार ५ बजेसम्म ११ लाख ७७ हजार ९२० जनाको आवेदन परेको छ ।

    विक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलका अनुसार यी आवेदकहरुबाट १४ करोड १९ लाख ९६ हजार ४२० कित्ताको लागि आवेदन परेको हो । उक्त कम्पनीले प्राथमिक बजारको हालसम्मकै इतिहासमा सवैभन्दा बढी रू. ८ अर्ब बराबरको ८ करोड कित्तामध्ये ७ करोड ५८ लाख ४० हजार कित्ता शेयर सार्वजनिक निष्कासन गरेको हो ।

    कम्पनीले कुल कित्तामध्य ५ प्रतिशत दरले ४० लाख कित्ता सामूहिक लगानीकोषका लागि र शून्य दशमलव २ प्रतिशतका दरले १ लाख ६० हजार कित्ता शेयर कम्पनीका कर्मचारीहरुका लागि छुट्याएको छ । खरीदकर्ताहरुले विक्री प्रबन्धकसँगै आस्बा सेवामा सहभागी सम्पुर्ण बैंक तथा वित्तीय संस्थाबाट र मेरो शेयर सफ्टवेयरसँगै मेरो शेयर एपबाट पनि आवेदन दिन सकिने व्यवस्था छ ।

    प्रतिकृया दिनुहोस्