News Portal

मेचीपारी पहिलो पटक प्रहरी बिट

रातोपोस्ट संवाददाता
९०९ पटक

झापा, ६ माघ । नेपाल-भारतको पूर्वी सीमानाका मेचीपारी पहिलो पटक प्रहरी बिट बनेको छ । झापाकोभद्रपुर नगरपालिका–५ स्थित मेचीपारीको सीमानाकामा प्रहरी बिटका लागि पक्की भवन निर्माण भएको हो । प्रहरी बिट मेचीपुलको भवन सोमबार उद्घाटन गरिएको छ ।

मेची नदीपारी मेचीनगर नगरपालिका–१५ र भद्रपुर– ५ र ३ मा नेपाली बस्ती छ । १६ लाख ८० हजारको लागतमा निर्माण भएको बिटको उद्घाटन भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठले गरेका हुन् । वडा प्रहरी कार्यालय, सामुदायिक प्रहरी सेवा केन्द्र र भद्रपुर नगरपालिकाको सहयोगमा अस्थायी प्रहरी बिट विसं २०७७ जेठ २४ गतेबाट निर्माण कार्य सुरु भई यहि माघ ५ गते दुई तले पक्की भवन निर्माण कार्य सम्पन्न भएको थियो ।

मेचीपारी प्रहरी बिट स्थापना हुँदा सीमा क्षेत्रमा हुने आपराधिक गतिविधि रोकिने र स्थानीयलाई शान्ति सुरक्षाको प्रत्याभूति हुने नगरप्रमुख श्रेष्ठको भनाइ छ । कार्यक्रममा प्रमुख अतिथि समेत रहेका नगरप्रमुख श्रेष्ठ, विशेष अतिथि उपप्रमुख चन्द्रमाया श्रेष्ठ, जिल्ला प्रहरी प्रमुख एसपी सानुराम भट्टराई लगातले शुभकामना मन्तव्य राखेका थिए ।

प्रतिकृया दिनुहोस्