News Portal

काँग्रेस मेचीनगरले सबै वडामा माघ ८ गते बिरोध सभा गर्ने

रातोपोस्ट संवाददाता
५२७ पटक

झापा , ६ माघ  । संसद विघटन बिरुद्धको आन्दोलन गरिरहेको नेपाली काँग्रेसले माघ ८ गते देशका स्थानमा बिरोध प्रदर्शन र कोण सभाको आयोजना गर्दैछ । यस अघि प्रदेश निर्वाचन क्षेत्र र स्थानीय तहमा बिरोध सभा र प्रदर्शन गरिसकोको काँग्रेसले माघ ८ गते देशका सबै ६ हजार ७३४ वडाहरुमा एकै दिन बिरोध प्रदर्शन गर्ने भएको  हाे ।

वडास्तरीय बिरोध प्रदर्शन कार्यक्रम अन्तर्गत झापाको मेचीनगर नगरपालिकाका १५ वटै वडामा  काँग्रेसले प्रदर्शन र कोण सभाको कार्यक्रम गर्ने  काँग्रेस मेचीनगरका सभापति इन्द्रबहादुर बुढथोकीले जानकारी दिए । मेचीनगरका सबै वडाहरुमा प्रर्दशन र कोणसभा गर्ने स्थान ताेकिएकाे साथै बिरोध कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको काँग्रेस नगर सभापति  बुढाथोकीले बताए ।  बुढाथोकीका अनुसार मेचीनगर वडा नं. १ को मेचेडाँगी, वडा नं. २ को बौद्ध मोड, ३ नम्बर वडाको बडाखाल र वडा नं. ४ को बाहुनडाँगी बजारमा कोण सभा सहितको बिरोध प्रदर्शन हुनेछ ।

त्यस्तै वडा नं. ५ को कमलडाँडा, वडा नंं ६ को भट्टराई चोक, वडा नं. ७ को इटाभट्टा चोक, वडा नं. ८ को पुण्य चोक र वडा नंं ९ को धुलाबारी बजारस्थीत खानेपानी चोकमा बिरोध प्रदर्शन र कोण सभा हुने काँग्रेस नगरसभापति बुढाथोकीले बताए।

त्यसैगरी मेचीनगर वडा नं. १० को धुलाबारी चोक, वडा नं.११ को मंगली चोक, वडा नं. १२ को सहरेडाँगी चोकमा कोण सभा हुनेछ । वडा नंं १३ को चारआली चोक, वडा नं. १४ को वडाकार्यालय अगाडीको दुवागढी चोक र वडा नं. १५ को बिचार्नी बजारमा नेपाली काँग्रेस मेचीनगरले ओली सरकारको असंवैधानिक र गैरलोकतान्त्रीक कदमका बिरुद्ध प्रदर्शन र कोण सभा गर्ने काँग्रेस मेचीनगरले जनाएको छ । सबै वडाहरुमा जिल्ला समितिले एक /एक जना प्रतिनिधि पठाउने ब्यवस्था गरेको काँग्रेस मेचीनगर सभापति बुढाथोकीले जानकारी दिए ।

 

 

प्रतिकृया दिनुहोस्