News Portal

रुकुम पश्चिममा अवस्था तानावग्रस्त, वडाध्यक्ष घाइते, प्रहरीद्वारा ९ राउन्ड हवाई फायर

रातोपोस्ट संवाददाता
१२०१ पटक

रुकुम, ६ माघ । रुकुम पश्चिममा नेपाल कम्युनिस्ट पार्टी नेकपा (दाहाल–नेपाल समूह) र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप झडप भएको छ। जिल्लाको आठबीसकोट नगरपालिका- ९ स्थित राडी बजारमा सोमबार बेलुकीदेखि दुइ दलका कार्यकर्ताबीच झडप भइरहेको हो ।

पटकपटक झडप भएपछि प्रहरीले २ राउन्ड एसएलआर र ७ राउण्ड थ्री नट थ्री राइफलबाट गरी ९ राउन्ड हवाई फायर गरेको छ भने १ राउन्ड अश्रु ग्यास प्रहार गरेको छ । स्थिति नियन्त्रणमा लिनका लागि सुरक्षाकर्मीको टोली आठबीसकोट गइरहेको छ । जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक ध्रुवकुमार श्रेष्ठले अवस्था नियन्त्रणमा लिन प्रयास भइरहेको जानकारी दिए ।

आफ्ना कार्यकर्तालाई कांग्रेसले आफ्नो पार्टीमा प्रवेश गराएको विषयलाई लिएर योजनाबद्ध तरिकाले हातहतियार सहित झडपमा उत्रिएको कांग्रेस जिल्ला उपसभापति धिरेन्द्र बटालाले जानकारी दिए। बटालाको अनुसार छ्लफलका लागी इलाका प्रहरी कार्यालयमा उपस्थित भएका वडा अध्यक्ष सहित ४ जनालाई खुकुरी प्रहार गरेको उनको भनाई छ ।

प्रतिकृया दिनुहोस्