News Portal

माघ १० गते संसद विघटनविरुद्ध नेकपा मेचीनगरले विरोध सभासहित र्यालि गर्दै

रातोपोस्ट संवाददाता
६९२ पटक

झापा, ७ माघ । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वले गरेको संसद विघटनको विरोधमा चरणबद्ध आन्दोलन गरिरहेकाे प्रचण्ड- नेपाल पक्षले झापाको मेचीनगरमा विरोध सभासहित र्यालि गर्ने भएकाे छ ।

केपी शर्मा ओलीले असंवैधानिक ढंगले गरेको संसद विघटनको बिरोधमा नेकपा प्रचण्ड- नेपाल पक्षले झापाको मेचीनगरमा माघ १० गते विरोध सभा गर्ने भएकाे हाे ।

मेचीनगरस्थिति धुलाबारीकाे टाउनहलमा हुने विरोध सभालाई नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य तथा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डे, पार्टीका केन्द्रीय सदस्य राम कार्की र केन्द्रीय सदस्य रविन कोइरालाले सम्बोधन गर्ने भएका छन् ।

प्रतिकृया दिनुहोस्