News Portal

नेता कर्याकर्ताको रिहाईको माग , विप्लव नेकपाको कालिकोटमा बिरोध सभा

रातोपोस्ट संवाददाता
७७० पटक

कालिको, ७ माघ । आफ्ना नेता कर्याकर्ताको रिहाईको माग गर्दै आन्दोलनको घोषणा गरेको विप्लव नेतृत्वको नेकपाले आज कालिकोट जिल्लामा बिरोध सभा सम्पन्न गरेको छ । पार्टीका सचिवालय सदस्य एवम् अन्तर्राष्ट्रिय बिभाग प्रमुख धर्मेन्द्र बास्तोलाको बिनासर्त तत्काल रिहाईको माग गर्दै आज कालिकोटलेको राष्कोट, माल्कोट, भर्ता खिन र बदालकोटमा बिरोधसभा सम्पन्न गर्यो ।

कार्यक्रममा मन्तव्य राख्दै जिल्ला सेक्रेटरी एबं कर्णाली ब्युरो सदस्य रणदिपले अहिलेसम्म पार्टीले लडेको राजनितीक लडाई भएकाे हुनाले केपी सरकार र दलाल संसदिय ब्यबस्था ढाल्न काफी भएको धारणा राखे अब बाकी अबशेस सिध्याउन फौजी लडाई जरुरी नभएको र राजनिती लडाईले नै ब्यबस्था परिबर्तन गरेरै छाड्ने उनले दाबी गरे ।

पार्टी संगठन निर्माणको अभियानमा जुटेका आफ्ना नेतालाई झुट्ठा आरोप लगाई थुनामा राखेकोप्रति खेद प्रकट गर्दै उनले संघर्षबाट स्थापित नेकपासँग पैठेजोरी नखेल्न राज्यको ध्यानाकर्षण गराए । सरकारले कोरोनाको बेला जनताको स्वास्थ्यका लागि काम गर्नुको साटो सरकार जनताप्रति निरङ्कुस बनेको र पार्टी भित्रको झगडाले संसद विघटन गरि निर्वाचन गर्छु भन्दै कोरोना विरुद्ध लगाउने खोपका लागि चन्दा उठाउनु सरकारले नौटङ्गी गरेको आरोप लगाए ।

उक्त कार्यक्रम एरिया ईन्चार्ज दिलमानको सभापतित्वमा भएकाे थियो भने सयौ नेताकार्यकर्ताले सरकार बिरुद्दका नारा लेखिएको प्लेकार्डसहित सभामा परिणत भएको सचिव बिनोद बिष्टले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्