News Portal

  • दुधेमा मौरीजन्य उत्पादन र मानव स्वास्थ्यमा प्रभाव छलफल

    रातोपोस्ट संवाददाता
    १२९ पटक

    झापा , ८ माघ । सतासीधाम स्थित दुधेमा आयोजित एक कार्यक्रमका बीच मौरीजन्य उत्पादनबाट मानव स्वास्थ्यमा प्रभाव तथा महत्वका बारेमा छलफल सम्पन्न भएको छ । सतासी महिला मौरीपालन सहकारी संस्थाको आयोजना तथा शिवसताक्षी नगरपालिकाको सहयोगमा सम्पन्न कार्यक्रममा मौरीको विषयमा अध्ययन अनुसन्धान गरिरहेका युटर्न नेपालका खगेन्द्र तिम्सिनाले सहजीकरण गरेका थिए ।

    कार्यक्रममा नेपालमा व्यवसायिक रुपमा मौरीपालन गरिएपनि मौरीले उत्पादन गरेका बहुमूल्य औषधीजन्य बस्तुलाई चिन्न नसकेका कारण पर्याप्त लाभ लिन नसकेको निष्कर्ष निकालेको थियो । छलफलमा मानव जीवनमा मौरीको भूमिका, मौरीको प्रकृतिसँगको सम्बन्ध र जीवनचक्र, महका अतिरिक्त बहुमूल्य बस्तुका रुपमा रहेको रोयल जेली (शाही खाना), चोप लगायतका विषयमा छलफल भएको थियो ।

    सतासी महिला मौरीपालन सहकारी संस्थाकी अध्यक्ष धनमाया थापाको सभापतित्व तथा खगेन्द्र तिम्सिनाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा माइवेनी कृषि सहकारी संस्थाकी अध्यक्ष रोहिता भट्टराई लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

    सताक्षी मौरीपालन सहकारी संस्थाकी व्यवस्थापक देवी दाहालले सञ्चालन गरेको कार्यक्रममा स्थानीय मौरीपालक महिला दिदी–बहिनीको बाक्लो उपस्थिति रहेको थियो । हाल सो क्षेत्रका ३२० घरमा व्यवसायिक मौरी पालन हुँदै आएको छ ।

    प्रतिकृया दिनुहोस्