News Portal

रहेनन् गायक ध्रुव केसी

रातोपोस्ट संवाददाता
५६१ पटक

काठमाडौं, ८ माघ । चर्चित गायक धुव्र केसीको ७५ वर्षको उमेरमा बिहीबार निधन भएको छ। भैँसेपाटीस्थित अर्किड केयर सेन्टरमा साँझ ४:४५ बजे उनले जीवनकै अन्तिम सास फेरे।  उनी लामो समयदेखि समयदेखि पार्किन्सन  रोगसँग लडिरहेका थिए।

गायक केसीका मायालु हजार हुन्छन्, नरोउ नरोउ साइली, अरु कालो रेलको धुँवाले, तिम्रो माया कागजको, सबैले भन्छन्, नचिनेको जस्तै तिमीले गर्न सकेको कसरी, बगी जाने खोला  जस्ता सुपरहिट गीतमा स्वर दिएका थिए।

उनको परिवारमा तीन छोरी रहेका छन्। उनी नायक भुवन केसीका सहोदर काका पनि हुन्। उनको आजै पशुपती आर्यघाटमा दाहसंस्कार गरिने उनका भाइ विनोद केसीले बताए।

प्रतिकृया दिनुहोस्