News Portal

काठमाडौंमा प्रचण्ड-माधव पक्षको शक्ति प्रदर्शन

रातोपोस्ट संवाददाता
५१६ पटक

काठमाडौं, ९ माघ । नेपाल कम्युनिष्ट पार्टी प्रचण्ड-नेपाल समूहले शुक्रबार  काठमाडौंमा शक्ति प्रदर्शन गरेका छन् ।

प्रतिनिधिसभा विघटन असंवैधानिक र अलोकतान्त्रिक भन्दै आन्दोलनरत नेकपा प्रचण्ड–माधव पक्षले शुक्रबार  काठमाडौंमा शक्ति प्रदर्शन गरेका हुन् । त्यसका लागि बिहान ११ बजे  काठमाडौं र ललितपुरका विभिन्न ९ स्थानबाट जुलुस निकालिएकाे थियाे ।

माइतीघर, डिल्लीबजार, लैनचौर, त्रिपुरेश्वर, कुपण्डोल, प्रदर्शनीमार्ग, त्रिचन्द्र कलेज, शान्तिबाटिका लगायतका स्थानबाट निस्केको जुलुस एकीकृत हुँदै रत्नपार्क, बागबजार, पुतलीसडक, पद्मोदय मोड हुँदै भृकुटीमण्डपमा पुगि सभामा भएको  थियाे ।

प्रतिकृया दिनुहोस्