News Portal

  • झापामा ब्राउनसुगरसहित तीनजना पक्राउ

    रातोपोस्ट संवाददाता
    २१९ पटक

    झापा,९ माघ । झापाका दुई छुट्टाछुट्टै स्थानबाट लागुऔषध ब्राउनसुगरसहित ३ जना पक्राउ परेका छन् ।

    ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले सिजुवा नगरपालिका–२ का २१ बर्षीय कनैया गनगाई र २० बर्षीय राजकुमार गनगाईलाई ३६ ग्राम नियन्त्रीत लागुऔषध ब्राउन सुगरसहित विहीबार साँझ ६ बजे दमक नगरपालिका–८ बाट पक्राउ गरेको हो ।

    यसैगरी लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले मोरङको उर्लावारी नगरपालिका–२ का ३१ बर्षीय सुजन परियारलाई १० एम्पुल लुपिजेसिक, १० एम्पुल फेनारागन र १० एम्पुल डाइजेपामसहित मेचीनगर नगरपालिका–६ बाट पक्राउ गरेको हो । लागुऔषधसहित पक्राउ परेका तिनै जनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्