News Portal

  • पहिलो चरणमा प्रदेश दुई, गण्डकी, लुम्विनी र सुदुरपश्चिममा निर्वाचन हुन्छ : प्रधानमन्त्री ओली

    रातोपोस्ट संवाददाता
    ४६० पटक

    काठमाडौं, ९ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी निर्वाचन स्वच्छ, निष्पक्ष र धाँधलीरहित सम्पन्न हुने बताएका छन् । उनले भने, “मुलुक निर्वाचनको तयारीमा लागेको छ । सुरक्षा निकायले अहम् भूमिका निर्वाह गर्ने बेला आएको छ।”

    सशस्त्र प्रहरी बलको २० औँ स्थापना दिवसका अवसरमा आज काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले अगामी बैशाख १७ र २७ गते दुईचरणमा हुने प्रतिनिधिसभा निर्वाचन शान्तिपूर्णरुपमा सम्पन्न गर्न सबैको उत्तिकै दायित्व रहने समेत बताए। प्रधानमन्त्री ओलीले पहिलो चरणमा प्रदेश नं. दुईसहित गण्डकी, लुम्बिनी र सुदुरपश्चिम प्रदेशमा र दोस्रो चरणमा प्रदेश नं १ सहित वाग्मती र कर्णाली प्रदेशमा निर्वाचन हुने जानकारी दिए । “यसको औपचारिक निष्कर्ष निस्किसकेको छैन । कसो गर्दा उचित हुन्छ, त्यही अनुसार अघि बढ्नु पर्ला भन्ने सोचेको छु ।” उनले भने ।

    उनले सुरक्षा निकायलाई निष्पक्ष र विधिसम्मत तरिकाले अघि बढ्न आग्रह गरे। अहिलेका अवस्थामा केही तत्वबाट विभिन्न घटना घटाउने चेष्टा हुन सक्नेतर्फ ध्यानाकर्षण गराए । उनले घटना घट्नु अघि नै नियन्त्रण गर्न सुरक्षाकर्मीलाई निर्देशन दिए । यसका लागि अन्य सुरक्षाकर्मीसँग समन्वय गर्न पनि उनले सुझाव दिए। प्रधानमन्त्री ओलीले लोकतन्त्रलाई सहजरुपमा अघि बढ्न नदिने चेष्टाका झलक देखिएको बताए। उनले कुनै पनि अवाञ्छित गतिविधि गर्ने तत्वप्रति सजक रहँदै यसको सामनाका लागि तयार रहन पनि आग्रह गरे ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)