News Portal

सञ्चारकर्मीलाई कोरोना विमाको रकम भुत्तानी

रातोपोस्ट संवाददाता
४०३ पटक

झापा,  ९ माघ  । झापाका ३ जना सञ्चारकर्मीले कोरोना विमाको भुक्तानी प्राप्त गरेका छन् । हिमालयन जेनेरल इन्स्योरेन्स कम्पनीले शुक्रवार सञ्चारकर्मी माधव खतिवडा ‘कल्पित’लाई विमा वापतको रकम उपलब्ध गराएको छ ।

कम्पनीका बिर्तामोड शाखा प्रमुख सुशील थापाले कोरोना विमा वापतको १ लाख रुपैयाँको चेक नेपाल पत्रकार महासंघ झापा शाखाका सह सचिव केशव भट्टराई र सञ्चारकर्मी कल्पितलाई हस्तान्तरण गरेका हुन् ।

यस अघि पत्रकारहरु भूपाल लुइँटेल र रमेश तिवारीले कोरोना विमा वापतको रकम प्राप्त गरिसकेका छन् । झापाका ११ जना सञ्चारकर्मी कोरोना भाइरसबाट संक्रमित बनेका थिए । उनीहरु सहित झापाका अधिकांश संचारकर्मीको कोरोना विमा गरिएको छ । अन्य आठ जना संचारकर्मीको भुत्तानी हुनु पर्ने विमा रकम प्रक्रियामा रहेको इन्स्योरेन्स कम्पनीहरुले बताएका छन् । विमा वापतको चेक हस्तान्तरण गर्दै हिमालयन जेनेरलका शाखा प्रमुख थापाले कागजात मिलेका विमितको रकम भुत्तानी सकेसम्म चाडै गर्दै आइरहेको बताएका छन् ।

प्रतिकृया दिनुहोस्