News Portal

  • राप्रपा मेचीनगर ९ को अध्यक्षमा पोध्दार चयन

    रातोपोस्ट संवाददाता
    ६१९ पटक

    मेचीनगर ९ पुष । राष्ट्रिय प्रजातन्त्र पार्टी झापाले वडातहका कार्यसमिति गठन गर्ने कार्यलाई तीव्र बनाएको छ । राप्रपा मेचीनगर ९ को वडा समिति गठन भएको हाे । राप्रपा मेचीनगरका अध्यक्ष शुशील आचार्यका अनुसार शुक्रवार भएको वडा सम्मेलनले नया समिति गठन गरेको हो ।

    नव गठित समितिको अध्यक्षमा राजु कुमार पोध्दार अध्यक्ष चयन भएका छन भने, सचिव हरि चापागाँईसहित २१ सदस्यीय समिति गठन भएको छ । कार्यक्रममा राप्रपाका मेचीनगर अध्यक्ष शुशील आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा अन्य अतिथिको रुपमा अस्मिता खरेल, सुनिता शर्मालगायतका राप्रपा मेचीनगरका कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

    सोही कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि ११ जना राप्रपामा प्रवेश गरेको सभापति आचार्यले बताए ।

    प्रतिकृया दिनुहोस्