News Portal

प्रचण्ड र बाबुराम उपराष्ट्रपति निवासमा

रातोपोस्ट संवाददाता
९७१ पटक

काठमाडौँ, १० माघ । लामाे समय एकै पार्टीकाे शीर्ष तहमा रहेर अलग्गिएका पूर्व माओवादी नेता पुष्पकमल दाहाल प्रचण्ड र डा‍ बाबुराम भट्टराईबीच भेटवार्ता भएकाे छ । हाल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष रहेका प्रचण्ड र जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष रहेका भट्टराईबीच शुक्रबार उपराष्ट्रपति नन्दबहादुर पुनको निवासमा भेटवार्ता भएको हाे ।

डा भट्टराईले भेटबारे सामाजिक सञ्जालमा लेखेका छन्, ‘अहिले प्रत्येक जिम्मेवार नागरिक आफ्नो र पार्टीको स्वार्थभन्दा माथि उठ्ने बेला आएको छ । यसै क्रममा मैले ओली प्रतिगमनविरूद्ध संयुक्त जनआन्दोलन निर्माण गर्ने प्रयासस्वरूप पूर्वप्रम र दलका नेताहरू शेरबहादुर देउवा, माधव नेपाल, प्रचण्डलगायत अन्य नेताहरूसँग भेटघाट गरेको हूँ । गर्दैरहनेछु !’ उनले प्रतिगमनविरुद्ध संयुक्त जनआन्दोलन निर्माण गर्ने प्रयासमा आफूहरु रहेकाे र त्यसै सिलसिलामा प्रचण्डलगायतका नेताहरूसँग भेटेको बताएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेपछि अन्य दलहरु आन्दोलन तथा माेर्चाबन्दीमा लागेका छन् । सत्तारुढ नेकपा नेकपाकै प्रचण्ड-माधव समूह आन्दाेलनमा लागेकाे छ । प्रधानमन्त्री ओली तानाशाह बनेकाे भन्दै उनलाई हटाउने विषयमा पूर्व सहयात्री बाबुराम-प्रचण्ड एकै ठाउँमा उभिएका हुन् ।

प्रतिकृया दिनुहोस्