News Portal

चर्चित टेलिभिजन प्रस्तोता ल्यारी किङको निधन

रातोपोस्ट संवाददाता
७९९ पटक

काठमाडौँ, १० माघ । चर्चित टेलिभिजन प्रस्तोता ल्यारी किङको ८७ वर्षको उमेरमा निधन भएको छ। उनको अमेरिकाको लस एन्जलसस्थित सेडारस सिनाइ मेडिकल सेन्टरमा उपचारका क्रममा निधन भएको हो ।

उनको निधनबारे उनको प्रोडक्सन स्टुडियो ओरा मिडियाले ट्विटरमार्फत पुष्टि गरेको हो । किंग अन्तर्वार्ताका लागि निकै सशक्त मानिन्थे। उनले अन्तर्वार्तामा प्रयोग गर्ने सट्यार र विषयप्रतिको संवेदनशीलताले उनलाई विशेष बनाएको थियो।

उनले रेडियो र टेलिभिजनमा करिब ५० वर्ष अन्तर्वार्ता लिएको जनाइएको छ। उनले सीएनएनमा मात्र २५ वर्ष काम गरेका थिए। उनले हजारौं व्यक्तिको अन्तर्वार्ता लिएका थिए।

प्रतिकृया दिनुहोस्